अात्मा र शरिर भाैतिकअर्थमा अलग हुनु नै मृत्यु हाे

हिन्दूहरूका निमित्त जीवनको अन्तिम संस्कार अन्त्येष्टि संस्कार हो। जीवनमा धेरै अन्त्येष्टि संस्कारमा सहभागि भए पनि अाफ्नाे गाउँमा याे संस्कार गत 2077 पाैष १७ गते मेरा ठुलाे बुबाकाे संस्कार कर्मलाइ अलि नजिक बाट नियाल्न पाए । हुनत हरेक संस्कारकाे महत्व अतिनै हुन्छ तर त्याे भन्दा भिन्न र बिशेष महत्व चै अन्त्येष्टि संस्कारकाे नै हुन्छ किनकि मृत्युपछिको जीवनमा मृतकलाई सुख र कल्याण होस् भन्ने भावनाले यो संस्कार सम्पन्न मात्र गर्नु पर्ने हुन्छ । अन्य संस्कार जस्तै पछिका युगहरूमा यसका अनेक विधि-उपविधिहरू थपिँदै गए हाेलान कति संस्कार लाेप हुदै हाेलान त्यस्तै अहिले विभिन्न स्थानमा मृत्यु भएर संस्कार गरिरहदा स्थान परिवेश अनुसार मृत्यु संस्कारमा पनि फेरबदल नभएकाे चै हैन हामि हिन्दुहरूकाे निमित्त यस लोकको जीवनभन्दा परलोकको जीवन ज्यादै महत्त्वपूर्ण भएकाले अन्त्येष्टि संस्कार अनिवार्य र धेरै सावधानीपूर्वक गर्नु पर्ने हुन्छ नै तर पनि अाजकल नव पिढिहरूकाे लागि याे त्यति चाखकाे विषय बन्न सकेकाे देखेकाे पनि छैन ।
अात्मा र शरिर भाैतिकअर्थमा अलग हुनु नै मृत्यु हाे ।मृतकको आत्मा पारिवारिक सन्तति र नातेदारहरूको मायाको कारणले आफ्नो गन्तव्य स्थानतिर नगएर घरको वरपर नै बसिरहन सक्ने र हानि पुर्‍याउन सक्ने हुनाले यस्तो स्थानसम्म पुगोस् भनेर अन्त्येष्टि संस्कार गरिन्छ। अाज यहि बिषयमा मैले त्यस दिन बुझेकाे संस्कारकाे कुरा गर्न जादैछु अाशा छ यस लेखले यहालाइ अबस्य पनि संस्कार सम्वन्धिकाे बास्तविकता स्पष्ठ पार्न मद्दत गर्ने नै छ .....क्रमश.....

बाकि भागकाे लागी प्रतिक्षा गर्दै गर्नुहाेस











Comments

Popular posts from this blog

मेराे कथा मेरै शव्दमा गुनासाे कसैलाइ छैन

काेराेना पछि काे फाेटाेग्राफी सेवा उधाेगकाे चुनाैतिहरू