" मेराे कथा मेरै शब्दमा गुनासाे कसैलाइ छैन " बि.स. 2036 साल असाेज 3 गते । माैसम कस्ताे थियाे थाहा भएन ।लाग्छ चराचुरूङि च्यार्र च्यार्र चुर्र चुर्र गर्दै थिए हाेलान,गाेठमा गार्इ बाछाेकाे अाङ चाटदै थियाे हाेला ।अाकाशकाे बादल पनि भर्खर भदाैरे पानी बाट सुकेकाे थियाे हाेला ।स्राेह्र शाद्रकाे तिथि थियाे कयाै पुरेतले पृित्रिकाे उद्दार गर्दै थिए हाेलान।विहानि पखकाे समय थियाे काेहि गाउँकाे लुकुन्डाेलमा काेइला बाेक्नकाे लागी डाेकाे खाेज्दै थिए कि ? काेहि वनमा दाउरा खाेज्दै थिए हाेलान , काेहि हल गाेरूलाइ डाेराउदै, काधँमा हलाे बाेक्दै मटरमार्क,फुलमार्क चुराेट( त्यस समयकाे सुर्तिजन्य प्रर्दाथ) अनि बिडि तान्दै हिडिरहेका पनि थिए हाेलान । काेहि अगेनाेमा बसेर तमाखु बनाउदै थिए हाेलान । मेराे घरमा अामा दुइ जना थिए म भन्दा अगाडिका ४ दाजु र ४ दिदिहरूमा एक दिदि काे त्यहि दिन न्वारन पनि थियाे मेरी जेठि अामा भर्खर घाममा बस्दै सुत्केरि तेल तताउदै हुनुहुन्थ्याे हाेला भने मेराे अामालाइ बेथाले च्यापेर हत्पत गाेठमा ल्याइयाे रे अनि बाहिर गाइ गाइ गुइ थियाे अब अाज न्वारन छेकिने भाे भन्दै । अरूकाे मनाेभाव